फोटो : तेज ओलीको फेसबुकवालबाट
नेपालगन्ज : बाँकेमा कोरोना संक्रमणको दोस्रो लहर संगै गम्भीर प्राकृतिका कोरोना संक्रमितहरुको संख्या उच्च रहेको थियो ।
कोरोना संक्रमण भएर भेरी अस्पताल भर्ना भएका मध्य बैशाख १ गते देखि हालसम्म नेपालगन्जको भेरी अस्पतालबाट ११६ जना निको भएर घर फर्किएका छन् ।
बैशाख १ गते देखि हालसम्म भेरी अस्पताल नेपालगन्जमा ३४९ जना संक्रमित भर्ना भएका मध्य ११६ जना कोरोना संक्रमण निको भएर फर्किएको डिसिसिएमसी बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जनाएका छन् ।
त्यस्तै हाल भेरी अस्पताल नेपालगन्जमा १९६ जना उपचाररत रहेको बताइएको छ । जसमध्ये ६ जना भेन्टिलेटरमा उपचार हुँदै रहेको फोकल पर्सन ओलीले जनाएका छन् ।
त्यस्तै कोरोना संक्रमणको दोस्रो लहर सुरु भए पछि कोहलपुर मेडिकल कलेजमा बैशाख ३ देखी संचालित कोभिड अस्पतालमा बाँकेका हाल सम्म १२४ जना भर्ना भएको जनाइएको छ जसमध्ये १५ निको भै डिस्चार्ज भएको र हाल ९८ जना उपचाररत रहेको ओलीले जनाएका छन् ।
यता भेरी अस्पताल तथा मेडिकल कलेज कोहलपुर लगायत होम आइसोलेसनमा बसेकाहरु समेत गरेर बाँकेमा मृत्युको सिलसिला भने रोकिएको छैन ।












