बाँकेमा कोरोना जित्ने बढ्दै, बुधबार २९३ जना डिस्चार्ज

नेपालगन्ज : बाँकेमा दिनप्रतिदिन कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गैरहेको बेला केही दिन देखि कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेहरुको संख्या समेत वृद्धि भएको छ ।

बुधबार बाकेका २९३ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । जसमध्ये बैजनाथ गाउँपालिकाका ७६ बर्षिय वृद्ध समेत रहेका छन्  ।

बाकेमा बुधबार १२३ महिला र १७० पुरुष गरि जम्मा २९३ जना कोरोना संक्रमण निको भइ डिस्चार्ज भएको बाँकेका कोरोना गोकल पर्सन तेज ओलीले जनाएका छन् ।

त्यस्तै मंगलबार बाँकेमा ७१ वर्षका वृद्ध सहित  ३४२ जना कोरोना संक्रमण निको भएर घर फर्किएका थिए ।

केहिदिन यता बाँकेमा दैनिक  कोरोना संक्रमीत निको भइ डिस्चार्ज हुनेको संख्या दैनिक बढ्दै गएको छ ।

प्रतिक्रिया