बर्दियामा लकडाउन उल्लंघन गर्ने १६ सय बढि कारबाहीमा

संजय आचार्य ,बर्दिया :

बर्दियामा निषेधाज्ञा उल्लंघन गर्ने एक हजार ६ सय ७४ जनालाई जिल्ला प्रहरी कार्यालय बार्दयाले कारबाही गरेको छ ।

अत्यावश्यक काम बाहेक बिना मास्क घर बाहिर निस्कने व्यक्तिलाई २ घन्टा होल्ड कारबाही सुरु गरिएको छ ।

मंगलबार मात्र बर्दिया प्रहरीले ५ सय २२ वटा मोटरसाइकल, ६ सय २१ वटा साइकल, १ सय ३१ वटा चार पाङ्ग्रे सवारी साधन र १४२ अटो रिक्सालाई नियन्त्रण लिएर कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हेम शाहीले बताउनु भएको छ ।

कोरोना संक्रमण समुदायस्तरमै केही व्यक्तीमा देखिएको र समुदायस्तमै थप संक्रमण फैलिदैँ जान सक्ने खतराभन्दै नियन्त्रण गर्नका लागि बर्दिमा जिल्ला प्रशासन कार्यालय बर्दियाल बैशाख १३ गते देखी निषेधाज्ञा लागु गरेको प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले बताउनु भएको छ ।

जिल्लामा लगाएको निषेधाज्ञामा अत्यावश्यक सेवा बाहेक सबै क्रियाकलापमा रोक लगाएको छ । निषेधाज्ञा वैशाख मसान्तसम्म रहनेछ ।

निषेधाज्ञाको उलंघन तथा अवज्ञागर्ने ब्यक्तिलाइ कानुन बमोजिम कारवाही समेत हुने सुनारले बताउनु भयो । अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनै परेमा मास्कको अनिवार्य प्रयोग गर्न पनि सर्वसाधारणलाई बर्दिया प्रशासनले अनुरोध गरेको छ ।

प्रतिक्रिया