कञ्चनपुरमा मास्क संगै ग्लोब्स र फेश सिल्ड अनिवार्य

महेन्द्रनगर: कञ्चनपुरमा अबदेखि मास्क मात्रै लगाएर हिँड्न नपाइने भएको छ।

बुधवार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक सूचना जारी गर्दै अबदेखि मास्क, ग्लोब्स र फेश सिल्ड लगाउन अनिवार्य गरेको छ । 

प्रशासनले जारी गरेको आदेश उल्लंघन गरिएको भन्दै ती स्वास्थ्य सुरक्षामा सामग्री लगाएर मात्रै बजारमा हिँडडुल आग्रह गरिएको हो।

गत सोमबारको आदेश बमोजिम प्रत्येक आईतबार, मंगलबार र बिहिबार बिहान ६ बजेदेखि ९ बजेसम्म तरकारी र खाद्यान्न खरिद बिक्रीको समय तोकेको छ। 

उक्त समयमा भीडभाड बढी हुन थालेपछि कोरोना संक्रमणको जोखिम रहेकाले सो समयमा मास्क, ग्लोब्स र फेश सिल्ड लगाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए। 

प्रतिक्रिया