नेपालगन्ज : बाँकेमा दिनप्रतिदिन कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गैरहेको बेला केही दिन देखि कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेहरुको संख्या समेत वृद्धि भएको छ ।
बिहिवार बाँकेका ५०८ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् ।
बाँकेमा बिहीवार २४१ महिला र २६७ पुरुष गरि जम्मा ५०८ जना कोरोना संक्रमण निको भइ डिस्चार्ज भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जनाएका छन् ।
केहिदिन यता बाँकेमा दैनिक कोरोना संक्रमीत निको भइ डिस्चार्ज हुनेको संख्या दैनिक बढ्दै गएको छ ।











