डुडुवा आइसोलेशन केन्द्रलाई सामाग्री सहयोग

डुडुवा : डुडुवा गाउँपालिकाले निमार्ण गरेको आइसोलेशन वार्डलाई व्यवस्थापन गर्न स्वास्थ्य सामाग्री उपलब्ध गराइएको छ ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले आइसोलेशन वार्डमा कोभिड संक्रमणका विरामीलाई उपचार सेवामा सहजताका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

विजुलीका लागि १० वटा सोलार लाइट सेट, तीन वटा औषधी स्प्रे मेसिन र दुई थान अस्थायी शौचालयका लागि प्यान आज बिहीबार गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीलाई शाखाका मन्त्री अजिज अहमद सिद्दिकीले हस्तान्तरण गर्नुभयो ।

समाग्री बुझ्दै पालिका अध्यक्ष चौधरीले गाउँपालिकाले निमार्ण गरेको आइसोलेशन वार्डका विरामीहरुलाई सेवा प्रदान गर्नमा सहजता हुने विश्वास व्यक्त गर्नुभयो ।

पालिकामा सञ्चालित आपतकालिन प्रतिकार्यका लागि पुर्वतयारी कार्यक्रम अन्र्तगत संचालित आइसोलेशन सेन्टरका लागि उक्त सामाग्री हस्तान्तरण गरिएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

डुडुवा गाउँपालिकामा अहिलेसम्म ७८ जनालाई कोरोना संक्रमणको पुष्टी भएको छ । त्यसमध्ये २ जना आइसोलेशनमा वार्डमा उपचार गराइरहनु भएको छ भने ७६ जना होम आइसोलेशनमा रहेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले बताउनुभयो ।

उहाँका अनुसार होम आइसोलेशनमा बस्ने विरामीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ, भने उपचारका क्रममा विरामीलाई साह्रै अप्ठयारो भएमा एम्बुलेन्समार्फत भेरी अस्पताल रिफर गरिनेछ ।

प्रतिक्रिया