जानकीमा तपाईको माक्स खोई अभियान

नेपालगन्ज : इलाका प्रहरी कार्यालय खजुराखुर्दले जानकी गाउँपालिकामा विभिन्न स्थानमा तपाईको मास्क खोई अभियान संचालन गरेको छ ।

इलाका प्रहरी कार्यालय खजुराखुर्दका कार्यालय प्रमुख प्र.ना.नि.जनक बहादुर बुढाको कमाण्डमा जानकी गाउँपालिकाको खजुरा नहर चोक र बाबाकुट्टि चोकमा अभियान संचालन गरेको हो ।

जानकी गाउँपालिका वडा नम्बर पाँचका अध्यक्ष रमेश कुमार बर्माको सहयोगमा इलाका प्रहरी कार्यालय खजुराखुर्दले कोभिड-१९ बिरुद्द तपांईको मास्क खोई ? अभियान संगै सर्वसाधारण तथा बटुवालाई मास्क बितरण समेत गरेको स्थानिय समाजसेवी मनमोहन बर्माले जनाएका छन् ।

हेर्नुस् केही तस्वीर

प्रतिक्रिया