भेरी अस्पतालको स्वास्थ्यकर्मी माथि हातपात, अस्पताल प्रशासनद्वारा खेद प्रकट

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जको इमर्जेन्सी बिभागमा कक्षमा कार्यरत सामान्य चिकित्सक ( हेल्थ अस्सिटेन्ट) पदका पुपेन्द्र शाहीमाथि बिरामीका आफन्तहरूद्वारा हातपात भएको छ ।

अस्पतालको कोभिड वार्डमा उपचाररत कोरोना संक्रमितका एक जना कुरुवा आएर एक्कासी आफुलाई कुटपिट गरेको शाहीले बताए ।

कोरोना महामारीको भयावह अवस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मीले ज्यान जोखिममा पारेर काम गरिरहेका बेलामा स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि अस्पतालका कर्मचारीहरु आक्रोसित भएका छन ।

डियुटीमा खटिएका स्वास्थ्यकर्मीलाई मरेको बिरामीलाई किन हेर्न नआएको भनेर ३/४ जनाको समूहमा आएका व्यक्तिहरुले कुटपिट गरेका थिए । उक्त व्यक्तिहरुको अहिलेसम्म पहिचान हुन सकेको छैन ।

स्वास्थ्यकर्मीमाथि आक्रमण गरि फरार रहेका व्यक्ति अहिलेसम्म पनि प्रहरीले पक्राउ गर्न नसकेको अस्पतालले जनाएको छ ।

उक्त अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष होमनाथ सुवेदीले यसरी अस्पतालका स्वास्थ्यकर्मीमाथी विनाकारण कुटपिट तथा आक्रमण गर्ने कार्य निन्दनिय भएको र दोषीलाई कडा कारवाहीको माग गर्नुभएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा- प्रकाश थापा र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले प्रेस विज्ञप्ति निकाली खेद प्रकट गर्नु भएको छ ।

तत्काल दोषीलाई कारबाही र भयरहित वातावरणमा काम गर्ने वातावरण सिर्जना गरिदिन प्रशासनलाई आग्रह गरिएको छ ।

हेर्नुस् अस्पताल प्रशासनको बिज्ञप्ति

प्रतिक्रिया