लकडाउनको फुर्सदिलो समयमा तरकारी फलाउदै खरेल दम्पती

सुनिता पन्त : कोरोना संक्रमणको दोस्रो लहर संगै देशको अधिकाशं जिल्लाहरु लकडाउनको स्थितिमा छन् । व्यवसाय बन्द छन् । त्यसमाथि होटल तथा रेस्टुरेन्टहरु त झनै नोक्सानी बेहोरिरहेको अवस्था छ ।

खजुराका प्रेम खरेल दम्पती आफ्नो ग्रिन कटेज कोरोनाका कारण बन्द भएपछि उनि आफैले संचालन गरेको कृषि फार्मलाई सम्पुर्ण समय दिन भ्याएका छन ।

प्रेम खरेल र उनको श्रीमति नन्दा खरेल आफ्नो पशुपन्छी पालन र तरकारी उत्पादनमा सक्रिय छन । कृषि तथा पशुपन्छी फार्म बाट उत्पादिन तरकारी तथा माछा, मासु, अण्डा लगाएतहरु कटेजमा खपत हुदै आएको छ ।

कटेजमा आवश्यक पर्ने अर्गानिक बस्तुहरु आफैले उत्पादन गर्दै आएका खरेल परिवार लकडाउनको यो समयलाई थप सिर्जनशिल बनाउन लागिपरेका छन ।

२ विगाह क्षेत्रफलमा रहेको कटेज सहित कृषि तथा पशुपन्छी फार्ममा २ वटा माछा पोखरी छन जसमा ३ हजार माछा पालिएको छ । बाख्रा ५० बढि छन् भने बट्टाई, खरायो, हास, लोकल कुखुरा, कोइलर कुखुरा, लौकाट रहेका छन ।

त्यस्तै तरकारीहरुमा भान्टा, फर्सि, लौका, चिचिण्डा, भिण्डी, खुर्सानी, बोडि, टमाटर, करेला, सांग आदि लगाएर उत्पादन गरिरहेका छन । अहिले कटेज बन्द रहेपनि कृषि उत्पादनको काम भने चलिरहेको छ, किसान तथा व्यवसायि खरेलले बताए ।

कटेज फार्म सहितको जमिन गरेर हालसम्म ६ करोड पुजिं पुगिसकेको खरेलले जानकारी दिए । खरेल परिवारले २०६८ सालदेखि कृषि फार्म संचालन गरेका उनिहरुले विस्तारै व्यवसायलाई बढाउदै एकिकृत फार्म र कटेज सहित खजुरामा संचालित रहेका छन ।

कटेज भने उनिहरुले २०७४ जेष्ठ १९ गतेदेखि सुभारम्भ गरेका हुन् । विहान उठेदेखि कृषि कर्म गर्दा नै ठिक्क हुने किसान खरेलले बताए ।

प्रतिक्रिया