शनिबार बाँकेका ४०९ जना कोरोना संक्रमण मुक्त

नेपालगन्ज : बाँकेमा दिनप्रतिदिन कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गैरहेको बेला केही दिन देखि कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेहरुको संख्या समेत वृद्धि भएको छ ।

त्यसै क्रममा शनिबार बाँके जिल्लामा ४०९ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

डिसिसिएमसी बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार शनिबार बाँके जिल्लामा १७८ महिला र २३१ पुरुष गरि ४०९ जना कोरोना संक्रमण मुक्त भइ भएका हुन् ।

केहिदिन यता बाँकेमा दैनिक कोरोना संक्रमीत निको भइ डिस्चार्ज हुनेको संख्या दैनिक बढ्दै गएको छ ।

प्रतिक्रिया