संयुक्त बजार अनुगमन समितिले अनुचित ब्यापारिक क्रियाकलाप गर्ने एक नेपालगंज स्थित त्रिभुवन चोकका ब्यापारीलाई २० हजार जरिवाना गरेको छ । टोलीले त्रिभुवन चोक स्थित मारुती नन्दन अर्डर एण्ड सप्लायसंले अनुचित ब्यापारिक क्रियाकलाप गरेको, म्याद नाघेका बस्तु बिक्रि बितरणका लागी राखेकाले कारवाही गरिएको जनाएको छ ।
बाणिज्य आपर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगंजका प्रमुख कृष्ण प्रसाद पौडेल, उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष वसन्त गौतम, सचिव प्रभात कुमार ठकुरी, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकिय अधिकृत राम कुमार सोनकर खाद्य प्रबिधि तथा गुण नियान्त्रण कार्यालय नेपालगंजका खाद्य निरिक्षक प्रेम अर्याल, वडा प्रहरी कार्यालय नेपालगंजका प्रहरी सहायक निरिक्षक बिष्णु केसी सहितको अनुगमन टोलीले उक्त सप्लायर्सलाई उपभोग्य मिति समाप्त भएको मसरुम, सर्वत, ग्लूकोज, मसला, पापड,लगायतका २८ हजार ८ सय ८० मुल्य वरावरको सामान जफत गरि ब्यवशायीको रोहवरमा नष्ट गरेको थियो ।
अनुगमन टोलीले भेरी अस्पताल परिसरमा रहेको अंजली माता रसोई खानाघरमा पठाएको मारुती नन्दन अर्डर एण्ड सप्लायसे रेग्मी एग्रो फ्रुड प्रालि नेपालगंजबाट उत्पादित चक्की पिठो गुणस्तरहिन रहेको भन्ने गुनासो आएकोले मारुती नन्दन अर्डर एण्ड सप्लायसंबाट खाद्य पदार्थ बिश्लेषणको लागी नमुनाका लागि लिईएको छ ।













