नेपालगन्ज : बाँकेमा जारी लकडाउन एक हप्ताको लागि बढाइएको छ ।
यस अघि डिसिसिएमसिको बैठकले बाकेमा लकडाउन गर्न सिफारिस गरे संगै वैशाख २० गते राती १२ बजे देखि २७ गते राती १२ बजेसम्मलाई लकडाउन गरिएको थियो ।
सो लकडाउनलाई बढाएर जिल्ला प्रशासन कार्यालय बाँकेले जेष्ठ ३ गते राती १२ बजेसम्म पुराएको छ ।
प्रशासन कार्यालय बाँकेले सोमबार सूचना जारी गरेर लकडाउनको बारेमा जानकारी दिएको छ ।












