नेपालगन्जको जमुनहा नाकामा मास्क बाड्दै सशस्त्र प्रहरी

नेपालगन्ज :कोरोना संक्रमण र मृत्युको सिलसिला दैनिक रुपमा बढेको बाँकेको जमुनहा सिमानाकामा सशस्त्र प्रहरी बल बिओपी जमुनहाले  नाकामा भारतबाट नेपाल प्रवेश गर्ने नेपालिहरुलाई जनचेतना जगाउदै आएको छ ।

सिमानाकाबाट अनावश्यक आवतजावतमा कडाई गरेको सशस्त्र प्रहरी बल जमुनाहले नाकामा रहेका स्थानीय तथा भारतबाट नेपाल आउनेहरुलाई नेपाल प्रवेश गर्दा नयाँ मास्क प्रयोग गर्न दिने तथा सेनिटाइजरको प्रयोग गर्दै आएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफको सहयोगमा सशस्त्र प्रहरी बल बिओपी जमुनहाबाट बैशाख २२ गतेदेखि हालसम्म ६ हजार ३ सय बढी मास्क वितरण गरिसकेको सशस्त्र प्रहरी बल जमुनहा बिओपिका सशस्त्र प्रहरी निरीक्षक जीवन बुढाले बताएका छन् ।

त्यस्तै सोही अवधिमा भारतबाट १३ लिटर बढी स्यानिटाइजरको प्रयोग भयो बुढाले बताएका छन् ।

नेपालगन्जको जमुनहा सिमानाकामा सरकारले जमुनहा नाका संचालन गर्ने अनुमती दिनु अगाडी नामामा कडाई गर्दै आएको सशस्त्र प्रहरीले नाकाबाट हुने अनावश्यक आवतजावतमा कडाई गर्दै आएको छ भने जमुनाह सिमानाकामा भारतबाट नेपाल आउने नेपालीहरुलाई ब्यवस्थित तरिकाले नेपाल प्रवेशको लागी प्रबन्ध मिलाउदै आएको छ ।

बाँके कोरोना संक्रमणको दोस्रो लहर संग संग जुधिरहेको छ । कोरोना संक्रमणको दर र मृत्युको दर जिल्लामा उकालो लागिरहेको छ भने स्थानिय प्रशासनले लकडाउनको समयावधि पुनः एक हप्ताको लागि थप गरेर जेष्ठ ३ सम्म पुराएको छ ।

प्रतिक्रिया