
कञ्चनपुर- पूर्व–पश्चिम राजमार्ग अन्तरगत भीमदत्तनगर–दैजी खण्डको भाषी चोकमा टायर बालेर राजमार्ग अवरुद्ध गरेका छन ।
कञ्चनपुरको भीमदत्तनगरमा मङ्गलबार भारतीय नम्बर प्लेटको जीपले ठक्कर दिँदा मृत्यु भएको थियो ।
भीमदत्तनगरपालिका–४ भगतपुरका ४९ बर्षीय चन्द्रबहादुर तामाङ्गका परिवारलाई क्षतिपूर्ति र जीप चालकलाई कारबाहीको माग गर्दै स्थानीयले बुधबार पूर्व–पश्चिम राजमार्ग अन्तरगत भीमदत्तनगर–दैजी खण्डको भाषी चोकमा टायर बालेर राजमार्ग अवरुद्ध गर्दै गरेका हुन् ।









