युवा संघद्वारा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

नेपालगन्ज : कोरोना माहामारीका समयमा राष्ट्रिय यूवा संघ नेपालले बाँके जिल्लामा बढ्दै गएको कोरोना माहामारीमा खटिएका स्वास्थ्यकर्मीहरुलाई लक्षित गरि पिपिई, माक्स र सेनिटाइजर हस्तान्तरण गरेको छ ।

यूवा संघ नेपालका महासचिव दिपक जिएमको नेतृत्वले नेकपा एमाले (माधब पक्ष) बाँकेका अध्यक्ष अशोक कोइरालालाई सो सामाग्री हस्तान्तरण गरेको हो ।

यूवा संध नेपालका महासचिव, केन्द्रिय प्रकाशन बिभागका उपप्रमुख बिजय लामा, युथ फोर्स बिभागका शिब श्रेष्ठ, केन्द्रिय सदस्य काजी लामा र छितिज लामाले नेकपा बाँके जिल्ला अध्यक्ष अशोक कोईराला, जिल्ला कमिटि सदस्य अब्दुल हुसेन खाँ, प्रेम सुवेदी लगाएतका नेताहरुको रोहवरमा उक्त सामाग्री हस्तान्तरण गरेको हो ।

युवा संघले एक सय थान पिपिइ, दुई हजार वटा माक्स र सेनिटाईजर हस्तान्तरण गरेको थियो ।

बितरण कार्यक्रममा बोल्दै अध्यक्ष कोईरालाले यस्तो महामारीको समयमा यूवाहरुको यो सानो सहयोगले बाँके जिल्लाका स्वास्थ्यकर्मीहरुलाई केहि राहात हुने बिश्वास लिएको बताएका थिए ।

प्रतिक्रिया