कहाँ छन् बाँके र दाङका अक्सिजन प्लान्टसँग भएका ८ हजार ६ सय सिलिन्डर ?

नेपालगन्जस्थित एचओ अक्सिजन प्लान्टसँग चार हजार सिलिण्डर छन् । ति मध्ये आठ सय सिलिण्डर मात्र प्लान्टमा मौज्दात रहेको संचालक दीपक केसीले जानकारी दिए ।

उनले अन्य सिलिण्डर बजारमा भए पनि हाल मौज्दात रहेको आठ सय सिलिण्डर मात्र आलोपालोमा चलेको उनले बताए ।
त्यसैगरि, बाँकेको गनापुरस्थित सूर्या शक्ति अक्सिजन प्लान्टमा दुई हजार दुई सय सिलिण्डर छ ।

ति मध्ये चार सय सिलिण्डर मात्र प्लेट फर्ममा मौज्दात रहेको संचालक राजिव तलङ्गाले बताए । उनले यी सिलिण्डर मात्र दैनिक आलोपालो हुने गरेको बताए ।

दाङको दाङ अक्सिजन प्लान्टसँग दुई हजार चार सय अक्सिजन सिलिण्डर छ । ति मध्ये पाँच सयमात्र आलोपालो गरि संचालनमा रहेको संचालक टोपाराम पौडेलले बताए ।

उनले दैनिक करिव एक सय ५० सिलिण्डर आलोपालो गरि चल्ने गरेको जानकारी दिए । ‘प्लान्टसँग भएको एक हजार नौँ सय सिलिण्डर कहाँ छ त्यसको अत्तोपत्तो छैन,’ उनले भने ।

प्रतिक्रिया