नेपालगन्जको सडकमै रेमडिसिभरको अवैध कारोबार गर्ने दुई पक्राउ

नेपालगन्ज : बाँके प्रहरीले सडकमै रेमडिसिभरको अबैध कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ । सडकमा रेमिडसरभरको अवैध कारोबार गर्दागर्दै बाँके प्रहरीले दुईजनालाई रगेँहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– ८ का २३ वर्षिय मोहम्मद जावेद अन्सारी र नेपालगन्ज– ११ विपी चोकका २५ वर्षिय हारुन अंशु रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज वडा नम्बर– ११ को पुरानो सृष्टि हल नजिक सडकमै अवैधरुपमा रेमडिसिभरको कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको थियो ।

कोरोना भाइरस संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेमडिसिभरको ती दुई युवाले प्रति रेमडिसिभर २५ हजारका दरले दुई थानको ५० हजार रुपैयाँमा विक्री गर्दै गर्दा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ।

पक्राउ परेका ती दुई युवालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको बुझिएको छ ।

प्रतिक्रिया