खजुरा : युवासंघ नेपाल खजुरा गाँउपालिकाले आइसोलेसनका लागी स्वास्थ्य शुरक्षा सामाग्री प्रदान गरेको छ । आज खजुरा गाउँपालिकाले स्थापना गरेको आइसोलेसनमा पुगेर युवाहरुले उक्त सामाग्री हस्तान्तरण गरेका हुन ।

आइसोलेसनमा रहेका विरामी, कुरुवा तथा स्वास्थ्यकर्मिहरुका लागी कोरोनाबाट बच्न र बचाउन सहयोग मिलोस भन्दै स्वास्थ्य शुरक्षा सामाग्री हस्तान्तरण गरिएको युवा संघ नेपाल खजुरा गाउँपालिकाका अध्यक्ष विकास काउचा मगरले बताउनुभयो । खजुरा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख सुदिप पौडेललाई सामाग्री हस्तान्तरण गर्दै युवा सघंका अध्यक्ष काउचा मगरले विपदको समयमा सबैको साथ र सहयोगको खाचो रहने भएकाले खजुरामा रहेका सबै युवाहरुलाई हातेमालो गर्न आह्वान गर्नुभयो ।

अध्यक्ष काउचाले कोरोना सगंको लडाई जित्न सबैलाई आफ्नो घरमै बसेर सहयोग गर्न पनि अनुरोध गर्नुभयो ।

स्वास्थ्य शुरक्षा सामाग्री हस्तान्तरण कार्यक्रममा युवा सघं नेपाल बाँके जिल्ला कार्यसमितिका सचिव युवा नेता सुनिल रसाइली, खजुराका युवा नेताहरु किरण क्षेत्रि, विजय क्षेत्रि, गौरब सापकोटा, सतिस विक लगाएतको उपस्थिती रहेको युवा सघं नेपाल खजुरा गाउँपालिकाका सचिव मोहन भण्डारीले जानकारी दिनुभयो ।
युवा सघं नेपाल खजुरा गाँउपालिका समितिले ४० हजार बराबरको स्वास्थ्य शुरक्षा सामाग्री प्रदान गरेको सचिब भण्डारीले उल्लेख गर्नुभयो । स्वास्थ्य शुरक्षा सामाग्रीमा पिपीई १५ थान, सेनिटाइजर ठुलो ५ लिटरको २ थान, सेनिटाइजर सानो १०० मिलिलिटरको २५ थान र मास्क ४०० थान रहेको छ ।















