संजय आचार्य, बर्दिया : जिल्ला प्रहरी कार्यालय बर्दियाले संकलन गरेको अक्सिजन ग्याँस सिलिन्डर वितरण गरेको छ । प्रहरी संकलन गरेका १६ थान अक्सिजन ग्याँस सिलिन्डर अस्थाइ कोभिड अस्पताल लाइ वितरण गरेको छ ।

कोरोना भाईरस संक्रमित बिरामीको उपचारार्थ संकलन गरिएका उक्त सिलिन्डरहरु उपचार भइरहेका बिरामीहरुले प्रयोग हुने र उपचार गरिरहेको संक्रमित बिरामीको अक्सिजनका कारण कनै समस्या नआओस भनी पूर्ब तयारी गरी अस्थाइ कोभिड अस्पताल माछागढ, अस्थाइ कोभिड अस्पताल सानोस्री,आधारभत नगर कोभिड अस्पताल ठाकरबाबा र बारबर्दिया नगरपालिका लाइ सिलिन्डर वितरण गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हेम बहादर शाहीले बताउनु भएको छ ।

महामारीले दिनानुदिन संत्रमितको संख्या बढ्दै जाँदा बिरामीहरुको चाप बढ्दै गई अस्पतालमा बेड भर्ना भएर उपचार गराइरहेका बिरामीहरुलाई उपचारका लागि अक्सिजनको अभावले उपचारमा कठिनाइ नहोस भन्नका लागि बर्दियाका अस्थाइ कोभिड अस्पताल लाइ प्रहरीले संकलन गरेका २४ थान अक्सिजन ग्याँस सिलिन्डर मध्ये १६ थान अस्पताललाई वितरण गरेकोे शाहीले बताउनु भएको छ ।

कोरोना संक्रमण समुदायस्तरमै केही व्यक्तीमा देखिएको र समुदायस्तमै थप संक्रमण फैलिदैँ जान सक्ने खतराभन्दै नियन्त्रण गर्नका लागि बर्दिमा जिल्ला प्रशासन कार्यालय बर्दियाल बैशाख १३ गते देखी निषेधाज्ञा लागु गरेको छ । निषेधाज्ञाको उलंघन तथा अवज्ञागर्ने ब्यक्तिलाइ कानुन बमोजिम कारवाही समेत हुने प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले बताउनु भएको छ ।
अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनै परेमा मास्कको अनिवार्य प्रयोग गर्न पनि सर्वसाधारणलाई बर्दिया प्रशासनले अनुरोध गरेको छ ।















