आज बाँकेमा २३५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमध्ये बाँके जिल्ला कै १२९ जना छन् ।

नेपालगन्ज मेडिकल कलेजमा १०० जना र बागेश्वरी ल्याबमा १३५ जना गरेर कुल २३५ मा कोरोना पुस्टि भएको हो । भेरी अस्पतालको पिसीआर ल्याबले भने आज रिपोर्ट दिएको छैन ।

हिजो बुधबार अपरान्ह ४:४५ देखि आज विहिबार मध्यान्ह १२:३० बजेसम्म बाँकेमा २० घण्टाको अवधिमा भेरी अस्पताल , नेपालगन्ज मेडिकल कलेज र आइसोलेसनमा बसेका १४ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।

योसँगै बाँकेमा हालसम्म उपचारका लागि जिल्ला बाहिरबाट आएका १६४ जना र बाँकेकै २१७ जनाले ज्यान गुमाइसकेका छन् ।
आज बाँकेमा ६२१ जना संक्रमितहरु कोरोनालाई परास्त गर्दै डिस्चार्ज भएका छन् ।














