बाँकेमा संक्रमण दर घट्दो : ९७ जनामा कोरोना पुष्ठि हुँदा ४३७ डिस्चार्ज भए

नेपालगन्ज : लगातार कोरोना संक्रमण र मृत्युको दर उकालो लागेको बाँकेमा केही दिन यता कोरोना संक्रमण दरमा भने कमि आएको छ ।

शनिबार बाँकेमा बागेश्वरी ल्याब र नेपालगन्ज मेडिकल कलेजको ल्याबको रिपोर्ट अनुसार जिल्लामा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तर नेपालगन्जको भेरी अस्पतालले भने शनिबार कोरोना परिक्षणको रिपोर्ट निकालेको छैन ।

शनिबार नै बाँकेमा ४३७ जना कोरोना संक्रमण निको भएका छन् । कोरोना संक्रमणको दोस्रो लहर संगै बाँकेमा कोरोना संक्रमण र मृत्युको सिलसिला उकालो लागेको थियो , हाल पनि मृत्यु दरमा कमि नआए पनि कोरोना संक्रमण दरमा भने कमि आएको छ ।

उता बाँकेको विभिन्न जिल्लाबाट उपचारका लागि आएका संक्रमितको संख्यामा भने कमि आएको छैन । शनिबार मात्रै बाहिरी जिल्लाबाट उपचारका लागि आएका २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारि दिएका छन् ।

प्रतिक्रिया