मिस नेपालगन्जको वर्कसपमा आर्ट अफ लिभिङ फाउन्डेसनका काव्य लम्साल

मिस नेपालगन्जको वर्कसपमा आर्ट अफ लिभिङ फाउन्डेसनका काव्य लम्साल

नेपालगन्ज – आर्ट अफ लिभिङ फाउन्डेसनका काव्य लम्सालले मिस नेपालगन्ज २०१९ का प्रतिस्पर्धीलाई योगा सम्बन्धि कक्षा प्रदान गरेका छन् ।

बुधबार लम्सालले मिस नेपालगन्ज तथा लिटिल मिस भेरीको वर्कसपमा पुगेर सो कक्षा प्रदान गरेका हुन् ।

सो क्रममा आर्ट अफ लिभिङ फाउन्डेसनका लम्सालले मिस नेपालगन्ज २०१९ का प्रतिस्पर्धीलाई योगा सम्बन्धि कक्षाका सथै मेडिटेसनको बारेमा पनि जानकारी प्रदान गरेको आयोजक एक्स जेनेरेसनका प्रेसिडेन्ट संयोग जंग शाहले बताएका छन् ।

मिस नेपालगन्जको वर्कसपमा आर्ट अफ लिभिङ फाउन्डेसनका काव्य लम्साल

अति नै ब्यस्त जिबनशैलीमा थोरै मात्र भएपनि समय निकालेर आफुलाई रिल्याक्स राख्न सकिने , थोरै मात्र समय निकालेर योगा र मेडिटेसन गर्दा विभिन्न रोग संगै मानसिक पिडाबाट समेत मुक्त हुने कुरा लम्सालले बताएका थिए ।

आर्ट अफ लिभिङले प्रदान गरेको वर्कसपले आफु र आफ्नो सोचलाई नेगेटिभबाट पोसिटिभमा कसरी लैजाने , आफ्नो सोचलाई कसरी बदल्ने जस्ता कुराहरु सिकेको र यो कक्षाले जीवन परिवर्तन गर्न मद्दत मिलेको मिस नेपालगन्जका प्रतिस्पर्धीले बताएका छन् ।

मिस नेपालगन्जको वर्कसपमा आर्ट अफ लिभिङ फाउन्डेसनका काव्य लम्साल

पुस १२ मा मिस नेपालगन्ज तथा लिटिल मिस भेरि २०१९ को छिनोफानो हुनेछ भने वर्कसपमा एसिस्टेन्ट कोरियोग्राफी तथा इभेन्ट कोर्डिनेटर सुमन थापा र दिपिका श्रेष्ठले ट्रेनिङ दिइरहेका छन् भने इभेन्टको कोरियोग्राफ अस्विनी झाले गर्ने छन् । इभेन्टको फोटोग्राफी एल्भिन कार्किले गरेका छन्

मिस नेपालगन्जको वर्कसपमा आर्ट अफ लिभिङ फाउन्डेसनका काव्य लम्साल

प्रतिक्रिया