नेपालगन्ज : कोरोना संक्रमणको दोस्रो लहरले जिल्लामा रगत अभाव भएपछि नेकपा एमाले बाँकेका सचिव रत्न खत्रीले आइतबार रक्तदान गरि हामी दिन्छौं रगत अभियानको थालनी गरेका छन् ।
बाँकेमा कोरोना संक्रमणको दोस्रो लहरले जिल्लामा लकडाउन गर्नु परेको छ भने अस्पतालहरुमा बिरामी चाप बढी रहेको अवस्थामा नेता खत्रीले सो अभियानको सुरुवात गरेका हुन् ।
कोरोना संक्रमणको जालो फैलिरहेको अवस्थामा सामान्य अवस्थामा जस्तो रक्तदान कार्यक्रम नहुने र डोनरहरु समेत भेटिन गाह्रो हुने हुदा जिल्लामा रगत अभाव भएको हो ।
नेकपा एमाले बाँकेका सचिव रत्न खत्रीले रक्तदान पछि हामी दिन्छौं रगत अभियानको आफ्नो सामाजिक संजालमा लेख्दै यो अभियानमा जोडिन सबैलाई अपिल समेत गरेका छन् ।
नेता खत्रीले अगाडि लेखेका छन् , ‘हो हिजो आज जता ततै अभाव छ । यो सामान्य अवस्था होइन यो त माहमारीको अवस्था हो, हामी सबै मिलेर सामना गर्नुको विकल्प छैन, पोहोर साल पनि यहि बेला रगत संकलन केन्द्रमा रगत अभाव हुदा मैले र नेपाली कांग्रेसका नगर सभापति प्रशान्त बिष्टले हामी दिन्छौं रगत भन्ने अभियान चलाएका थियौं।
यसपटक पनि रगतको अभाव देखियो र आज बाट पुन: शुरु गरिएको छ “हामी दिन्छौं रगत” भन्ने अभियान पोहोर साल जस्तै यसपटक पनि यहाँहरुको सक्रिय सहभागिताको लागि हार्दिक अपील गर्दछु।












