बर्दिया जिल्लामा अक्सिजिन बैंकको स्थापना भए लगत्तै बैंक खातामा ५ लाख जम्मा

संजय आचार्य, बर्दिया : बर्दियामा मेरो लागी अक्सिजनमा मेरो योगदान भन्दै बर्दियामा अक्सिजन ग्याँस बैंक शुभारम्भ गरिए लगत्तै अक्सिजन ग्याँस बैंकको खातामा करिब ५ लाख भन्दा बढी रकम जम्मा भएको छ ।

जिल्लामा कोरोना संक्रमणको अवस्था झनझन बढदै गएपछी बर्दियामा पनि अक्सिजन ग्याँसको समास्या देखिएको छ ।

बर्दिया जिल्लामा अक्सिजनको अभाव हुन नदिन तथा अभाव भएका सवैपािलकाका स्वास्थ्य संस्थामा नेपाल सरकारले निर्धारण गरेको मापदण्ड बमोजिम तत्कालै अक्सिजन आपूर्ति गर्न सहजिकरण गर्ने उद्देश्यका बैंक खोलिए लगत्तै खातामा ५ लाख ६२ हजार रकम जम्मा भएको बर्दिया अक्सिजन बैंक संचालन समन्वय समिती,बर्दियाको संयोजक भेषराज (भरत) पौडेलले जानकारी दिनु भएको छ ।

हाल सम्म सबैभन्दा बढी रकम सहयोग गर्नै केही बर्ष देखी हकंगमा रहदै आएका गुलरीया नगरपालिका ५ निवासी ४० बर्षिय यूवराज जिालले रु १लाख १७ हजार सहयोग गर्नु भएको र रक्षा ट्ष्टले ६६ हजार सहयोग गनुका साथै सहयोगी मनकारी ब्यक्तिहरुबाट सहयोग आएको पौडेलले जानकारी दिनु भएको छ ।

साथै सहयोगी मनकारी ब्यक्तिहरुले सहयोग गर्न चाहेमा सहयोग का लागी ः रास्ट्रीय बाणिज्य बैन्क गुलरिया शाखा खाता नम्बर ४१४०१००१००३०३००१ मा सहयोग गर्न पौडेलले बताउनु भएको छ ।

संस्थाले बर्दिया प्रशासन भित्र अक्सिजन बैंक स्थापना गरि हाल सम्म ५२ थान ग्याँस सिलीन्डर फिलिगं गरी अस्पताल हरुमा सहयोग गरीसकेको छ ।
आवश्यक परेका बिरामी हरुलाइ निशुल्क ग्याँस सिलीन्डर उपलब्ध गराउने पौडेलले बताउनु भएको छ ।

प्रतिक्रिया