नेपालगन्ज : बाँकेमा केही दिन यता कोरोना संक्रमणको ग्राफ ओरालो लाग्न थालेको छ । कोरोना संक्रमणको दोस्रो लहरको कहर झेलेको बाँकेमा दैनिक संक्रमण र मृत्यु दर उलाको लाग्दै आएकोमा केही दिन यता भने कोरोना संक्रमणको दर घट्ने क्रम देखिएको छ ।

आइतबार बाँकेमा ३६५ जना कोरोना संक्रमण पुष्टि हुँदा ५११ जना डिस्चार्ज भएका छन् । उता शनिबार पनि ९७ जनामा कोरोना पुष्ठि हुँदा ४३७ डिस्चार्ज भएका थिए ।

तर बाँकेमा उपचारका लागि आउनेहरुमा भने कोरोना संक्रमण देखा पर्दै आएको छ ।

आज पनि बाँकेका तीन वटा ल्याबमा गरिएको परिक्षणमा जिल्ला बाहिरका ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।















