खजुरा : खजुरा गाउँ पालिका वडा नम्बर ३ का कोभिड फोकल पर्सन तथा स्वास्थ्यकर्मि जिवन यादव आइतबार राति ११ बजे कोरोना संक्रमितको उपचारमा संक्रमितको घरमै पुगेर सेवा दिइरहेका छन ।
यादवले दिएको सेवा प्रति सन्तुष्ट देखिएका सक्रमितका परिवारले उनलाई यस्तो सेवा प्रदान गर्नेमा धन्यबाद दिए । यादवले अझै दुई घरमा पुगेर चेकजाचँका साथै औषधिमुलो गरेर घरमा जानुछ भन्दै विरामिलाई हौसला दिदै त्यहाँबाट विदा भए । यादवको खटाई साचिकै प्रसंसा योग्य छ । उनले वडामा रहेका ७१ जना सक्रमितलाई हाल सेवा दिदै आएका छन । यादव आफ्नो सहकर्मी सिर्जना सोनी सगैं सक्रमितको घरमा पुग्छन ।

खजुरामा डाक्टर एक जना मात्र छन । खजुराले आइसोलेसन पनि निर्माण गरि जनता बजाउने अभियानमा छ । डा.पुजा सुनार खजुराका एक्ला डाक्टर हुन । डा. सुनारको विरामि प्रतिको लगाव र खटाई पनि कम छैन । आइसोलेसनमा रहेका लक्षण सहितका विरामिको उपचारमा खटिने उनि होम आइसोलेसन सम्म पनि पुगिरहेकी छन । आइसोलेसनका विरामिलाई उपचार सगैं होम आइसोलेसनमा रहेका सक्रमित विरामि तथा अन्य रोगका विरामिहरुलाई पनि घरमै पुगेर यस्तो विसम परिस्थितीमा चेकजाचँ परामर्श दिन जुनसुकै बेला पनि पुग्ने गरेकी हुन ।
घरमै डा. सहितको सेवा प्रदान गरिरहेको खजुराको यो प्रयासले संक्रमितहरुलाई निको बनाउन थप मद्धत पुगेको छ । डा. पुजाले आफ्नो जरुरत परेको स्थानमा जुनसुकै बेला पनि खटिन तयार रहेको बताइन । उनले संक्रमितको उपचारमा खटिदा सेवा गर्न पाउदाँ आनन्द आउने बताइन । यसरी जुनसुकै बेला पनि बाँकेको खजुरा गाउँपालिकाका स्वास्थ्यकर्मिहरुले कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्नुभएकाहरुलाई घरमै पुगेर सेवा दिदै आएको छ ।
शुरक्षित भएर घरमै उपचार गराउन सकिने जतिलाई घरमै पुगेर विस्वशनिय सेवा प्रदान गरिएको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेलले सम्पुर्ण स्वास्थ्यकर्मिको ध्यान कोभिड नियन्त्रणमा लगाइएको बताउनुभयो । विरामिलाई आवश्यक पर्ने उपचार देखि रिफर र समन्वय पनि गरिरहेको उल्लेख गर्नुभयो ।
खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले हरेक वडामा कोरोना फोकल पर्सन तोकीएको र घरमै पुगेर सेवा प्रदान गर्न स्वास्थ्यकर्मिलाई खटाइएको उल्लेख गर्नुभयो । अध्यक्ष कक्षपतिले जुन सुकै बेला पनि स्वास्थ्यकर्मिहरुको खटाई प्रति उच्च सम्मान व्यक्त गरेका छन । हरेक वडामा रहेका स्वास्थ्यकर्मिहरुले यस्तो विसम परिस्थीतीमा पनि खटेर सेवा दिनुभएको अध्यक्ष कक्षपतिले बताउनुभयो ।









