नेपालगन्ज : कोरोना संक्रमणको दोस्रो कहरको संक्रमण दर बाकेमा कम हुँदै गएको छ ।
लगातार रुपमा संक्रमणको ग्राफ उकालो लागेको बाकेमा केही दिन यता कोरोना संक्रमणको दर केही कम हुँदै गएको छ ।
बाँकेमा २४ घण्टा भित्र ७५ जना नया संक्रमित थपिए पनि ३६५ जना कोरोना मुक्त भएका छन् ।
डिसिसिएम बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार सोमबार बाँकेमा १९० महिला र १७५ पुरुष गरि ३६५ जना निको भै डिस्चार्ज भएका हुन् ।











