बाँकेका ल्याबमा हजार बढिको परिक्षण गर्दा २०६ मा कोरोना संक्रमण पुष्टि

नेपालगन्ज :बाँकेका ३ वटा ल्याबमा हजार बढिको कोरोना परिक्षण गर्दा २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाकेको भेरी अस्पतालको ल्याब , नेपालगन्ज मेडिकल कलेजको ल्याब र बागेश्वरी ल्याबमा गरिएको १०१५ जनामा गरिएको कोरोना परिक्षणमा २०६ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै मंगलबार नै बाँकेका २०३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १०९ महिला र ९४ पुरुष रहेका छन् ।
गत हप्ता देखि बाँकेमा कोरोना संक्रमणको दरमा कमि आएको छ ।

प्रतिक्रिया