कोरोना संक्रमितको घरदैलोमा पुग्दै युवा संघ बाँकेका सचिव रसाइली

नेपालगन्ज : कोरोना संक्रमणको दोस्रो लहर पछि बाँकेका शहर मात्रै होइनन् गाउँ गाउँमा समेत कोरोना संक्रमण फैलिएको छ ।

एम्बुलेन्स, अक्सिजन, पिसिआर परिक्षण जस्ता कुराहरुमा संक्रमितको सहज पहुँच नभएको अवस्थामा बाँकेका राजनैतिक दर र त्यसका भातृ संगतठनको सक्रियता सह्रानिय रहेको छ ।

सोही क्रममा युवा संघ बाँकेका सचिव सुनिल रसाइलीको दैनिकी कोरोना संक्रमितको उपचार सहयोग तथा विभिन्न किसिमको सहायता जुटाउनमै बितेको छ ।
नेकपा एमाले बैजनाथ गाउँ कमिटी संगको सहकार्यमा युवा संघले शव ब्यवस्थापन तथा संक्रमितलाई उपचारमा सहयोग गर्दै आएका सचिव रसाइली आजभोलि भने कोरोना संक्रमितको घरदैलोमा पुग्ने गरेका छन् ।

कोरोना संक्रमणलाई जित्न उच्च मनोबलको खाचो पर्ने भन्दै सचिव रसाइली झोलामा विभिन्न कीट र फलफुल बोकेर संक्रमितको घरदैलोमा पुग्ने गरेका हुन् ।

नेपका एमालेले सुरु गरेको “संकटमा साथी र पार्टी” अभियान अन्तरगत युवा संघ बाकेका नेता सुनिल रसाइली बैजनाथ गाउँपालिका वडा नम्बर ६ का कोरोना संक्रमितको घरदैलोमा फलफूल गुर्जो,अदुवा,मास्क सेनिटाइजर र स्वास्थ परामर्श सहित भेट कार्यक्रममा पुग्ने गरेका छन् ।

युवा संघ नेपाल बाँके र युवा संघ नेपाल लुम्बिनी प्रदेशले बाँकेमा कोरोना संक्रमीत बोक्न निशुल्क एम्बुलेन्स संचालनमा ल्याइसकेको छ ।

प्रतिक्रिया