नेपालगन्ज : बाँकेमा हप्ता दिन यता कोरोना संक्रमणको ग्राफ ओरालो लाग्न थालेको छ ।
कोरोना संक्रमणको दोस्रो लहरको कहर झेलेको बाँकेमा दैनिक संक्रमण र मृत्यु दर उलाको लाग्दै आएकोमा हप्तादिन यता भने कोरोना संक्रमणको दर घट्ने क्रम देखिएको छ ।
बुधबार बाँकेमा ९१ जना कोरोना संक्रमण पुष्टि हुँदा ५२३ जना डिस्चार्ज भएका छन् ।
हप्ता दिनको डाटा हेर्दा कोरोना संक्रमण भन्दा कोरोना निको हुनेको संख्या धेरै रहेको छ ।











