खजुरा : बाँकेको खजुरा गाउँपालिका १ नम्बर बजारमा रहेको खाल्टा पुर्न फोरलेन सडकको जिम्मा लिएको ठेकेदार सम्पर्क विहिन भएपछि वडाध्यक्ष सुनार आफै खाल्टाहरु पुर्न खटिएका छन ।
दुई दिन बढि सम्म परेको पानिका कारण रहेका खाल्टामा पानि जम्न लागेपछि दुर्घटनाको जोखिम बढेको भन्दै स्थानियले गुनासो गरेपछि वडा नम्बर ४ का अध्यक्ष तिलकविर सुनार आफै खटिएर खाल्टा पुर्ने काम गरेका हुन ।
पटक पटक ठेकेदारलाई सम्पर्क गर्न खोजिएपनि सम्पर्क नभएको र धेरेदिन सम्म बेपत्ता जस्तै रहेकोले जनताको घरदैलोमा परेको समस्या समाधान गर्न आफ्नो जिम्मेवारी महसुस गर्दै जेसिवि लगाएर खाडल पुरिदिएका हुन । विकास निर्माणका काम होस या जन सर्वदान वडाध्यक्ष सुनारको सक्रियता रहने गरेको स्थानिय निरज भट्टले जानकारी दिनुभयो ।
वडाध्यक्ष सुनारले युवाहरुसगं मिलेर सामाजिक काम गर्न मन पराउने गरेको अर्का स्थानिय विशाल घिमिरेले बताउनुभयो । वडामा परेको कुनैपनि समस्यालाई आफ्नो घरमा परेको समस्या सम्झेर सहयोग गर्न वडाध्यक्षको सक्रियता हुने गरेको स्थानिय घिमिरेले उल्लेख गर्नुभयो ।










