नेपालगन्ज : विश्वव्यापीरुपमा महामारीको रुपमा फैलिएको कोरोनाको प्रभाव भगाउन बाँकेको खजुरा गाउँपालिका ३ धौलागिरीका स्थानीयले पूजा गरेका छन् ।
शनिबार पारेर उनीहरूले आज विशेष पूजा गरेका हुन् । गाउँको एक घरबाट कन्यासहित पूजाका सामाग्री लिएर गाउँदेखि अलि टाढा पुगेर पूजा सम्पन्न गरिएको छ । विश्वमा शान्तिको कामना गर्दै परेवा उडाउनुका साथै कुपोन्डोको पन्च बलि दिइएको छ ।
गाउँका अगुवा पूर्णबहादुर पुनको अगुवाईमा पूजा सम्पन्न भएको छ । गतवर्ष पनि कोरोना महामारी बढेपछि यसैगरी पूजा गरिएको थियोे ।














