नेपालगन्ज : कोरोना संक्रमणको दोस्रो लहर संग जुधि रहेको बाँके जिल्लामा पहिलो चोटि राहतको खबर आएको छ । कोरोना संक्रमणबाट दैनिक १५ देखि १७ जनाको मृत्यु हुँदै आएको बाँके जिल्लामा गत २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य शून्य रहेको छ ।
त्यस्तै आइतबार नै बाँकेमा ४५२ जना कोरोना संक्रमीत निको भएर डिस्चार्ज भएका छन् भने १४४ जना नयाँ संक्रमीत पनि थपिएका छन् ।
उता भारतबाट नेपालगन्ज हुँदै नेपाल प्रवेश गर्ने नेपालीहरुको सिमानाकामा एन्टिजेन परिक्षण गरेर मात्रै नेपाल प्रवेश गर्न दिइने भएको हुँदा आइतबार १६०४ जना मध्य ६६ जना सकास्पदको एन्टिजेन परिक्षण गर्दा शून्य संक्रमण देखा परेको छ ।
कोरोना संक्रमणको दोस्रो लहरमा बाँकेको लागि यो नै सुखद समाचार हो ।











