बाँकेमा जेष्ठ १७ सम्मलाई थपियो लकडाउन

नेपालगन्ज : बाँकेमा जारी लकडाउन एक हप्ताको लागि बढाइएको छ । यस अघि डिसिसिएमसिको बैठकले बाँकेमा लकडाउन गर्न सिफारिस गरे संगै वैशाख २७ गते राती १२ बजे देखि जेष्ठ ३ गते राती १२ बजेसम्मलाई र त्यसपछि बढाएर १० गते सम्मलाई लकडाउन गरिएको थियो ।

सो लकडाउनलाई बढाएर जिल्ला प्रशासन कार्यालय बाँकेले जेष्ठ १७ गते राती १२ बजेसम्म पुराएको हो।

प्रशासन कार्यालय बाँकेले सोमबार सूचना जारी गरेर लकडाउनको बारेमा जानकारी दिएको छ ।

प्रतिक्रिया