खजुरा र जानकीको आइसोलेन सेन्टरलाई जन जागरणको सहयोग

नेपालगन्ज : बाँकेको खजुरा र जानकी गाउँपालिकाका आइसोलेसन सेन्टरलाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको छ ।

कोभिड १९ संक्रमणको दोस्रो लहरको माहामारीको समयमा कोरोना रोकथामका लागी कोभिड प्रतिकार्य कार्यक्रम अन्तरर्गत खजुरामा रहेको जन जागरण समाजले दुई आइसोलेसन सेन्टरलाई स्वास्थ्य शुरक्षा सामाग्री हस्तान्तरण गरेको हो । आज एक कार्यक्रमको आयोजना गरि जन जागरणले सामाग्री हस्तान्तरण गरेको थियो ।

खजुरा गाउँपालिका र जानकी गाउँपालिकाको विशेष अनुरोधमा जन जागरण समाजले बी.एम.डी.एम.आई को आर्थिक सहयोगमा खजुरा गाउँपालिकाले संचालन गरेको आइसोलेसन सेन्टरका लागी २ लाख ८४ हजार ७ सय मुल्य बराबरको स्वास्थ्य शुरक्षा सामाग्री गाउँ पालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति, उपाध्यक्ष एकमाया विक, स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेललाई हस्तान्तरण गरिएको हो ।

खजुराका लाग िपिपिई सेट ७५, एन ९५ माक्स १००, सर्जिकल माक्स २५, थर्मगन ३, सेनिटाइजर ५ लिटरको जर्किन ३ वटा, पल्स अक्समिटर ५ वटा, डिजिटल थर्ममिटर १५ थान, सोडिएम २, गलप्स १० प्याकेट, फेस सिल्ड ३० वटा डिब्बा हस्तान्तरण गरिएको जन जागरण समाज खजुराका कार्यकारी व्यवस्थापक राम बहादुर पुनले जानकारी दिनुभयो । जानकी गाउँपालिकामा पनि स्वास्थ्य शुरक्षा सामाग्री हस्तान्तरण गरिएको छ ।

खजुरा र जानकी गाउँपालिकाको कोभिड आइसोलेसन सेन्टरका लागी कुल ४ लाख ९९ हजार ९ सय ७० बराबरको सामाग्री हस्तान्तरण गरिएको हो । जन जागरण समाजले बी.एम.डी.एम.आई को आर्थिक सहयोगमा गत वर्ष पनि कोरोना माहामारमिा जुध्नका लागी खजुरा र जानकी गाउँपालिकालाई स्वास्थ्य शुरक्षा सामाग्री प्रदान गरेको थियो ।

प्रतिक्रिया