खजुरा : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ निवासी लिलबहादुर थापाले खजुरा गाउँपालिकाद्वारा सञ्चालित आइसाेलेशन सेन्टरका लागि आर्थिक सहयोग गरेका छन । थापाले नगद ८० हजार रूपैया सहयाेग गरेका हुन्।
लिलबहादुर थापा हाल अमेरिकामा रहेकाे भएपनी आफ्नो गाउँ पालिकाको लागि उनले सहयोग रकम पठाएका हुन् । आफ्नाे दिदी देउमति थापामार्फत ८० हजार रुपैया खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिलाई आईसाेलेशन व्यवस्थापनकाे लागि बुझाएका हुन् ।
उपलब्ध गराईएकाे रकम कोरोना पीडित बिरामीका लागि आवश्यक स्वास्थ्य सामाग्री एवं ब्यवस्थापन खर्चका लागि खर्च गर्न भनी आफुले सो रकम आफ्ना स्वर्गीय बुबा गजबहादुर सिजाली र स्वर्गीय आमा कौशिलादेबि सिजालीको स्मरण स्वरुप बिपतको घडीमा आफ्नो पालिकाका जनताका लागि थोरै भएनी सहयोग होस भन्ने उद्देश्यले पठाइ दिएको कुरा वहाँको दिदी देउमति थापाले बताउनुभयाे ।
उक्त रकम सहयोग गरि दिन हुन पहल गर्ने खजुरा गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तिलकवीर सुनारले सहयोगी दाता लिलबहादुर थापालाई धन्यवाद दिनुभयो ।
सो रकम खजुरा गाउँपालिका अध्यक्ष कक्षपतिलाई वहाँको दिदी देउ मति थापा, भाउजू तारा रानामगरमार्फत आज विहिवार हस्तान्तरण गरिएको थियोे ।
उक्त रकम खजुरा गाउँपालिकाको बिपत ब्यवस्थापन कोषमा जम्मा गरिने जानकारी गराउँदै गाउँपालिका अध्यक्ष कक्षपतिले स्वास्थ्य सामाग्री र आईसाेलेन व्यवस्थापनमा खर्च गरिने जानकारी गराउनु भयाे । साथै मनकारी सहयोगि मन भएका थापालाई उज्ज्वल भबिस्यको कामना स्वरुप उपाध्यक्ष एक माया बिकले धन्यवाद दिनुभयो ।









