नेपालगन्ज : प्रवासमा रहेर बाँके र बर्दियाको बिकास र हितको लागि कार्य गर्दै आएको बाँके बर्दिया मैत्री समाज जापानले भेरी अस्पताल नेपालगन्जमा बिहीवार स्वास्थ्यकर्मीमाथी भएको हातपातको बिषयलाई समाजको ध्यानाकर्षण भएको बताएको छ ।
बाँके बर्दिया मैत्री समाज जापानले नेपालगञ्जको भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको सांघातिक हमला र दुर्व्यवहारको प्रबासबाट बाँके बर्दिया मैत्री समाज जापानले भर्त्सना गर्दै आफ्नो ध्यानाकर्षण भएको बताएको हो ।
बाँकेमा कोरोना संक्रमण र मृत्युको सिलसिला नरोकिएको बेला सबैले हातेमालो गरेर कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्नु पर्ने बेला स्वास्थ्यकर्मीमाथी यस्तो किसिमको हमला निन्दनीय भएको बाँके बर्दिया मैत्री समाज जापानका संरक्षक सुशील मल्लले बताएका छन् ।
त्यस्तै बाँके बर्दिया मैत्री समाज जापानका अध्यक्ष अर्जुन थापाले महामारीको समयमा आफ्नो जीवन जोखिममा राखेर अहोरात्र खटिने स्वाथ्यकर्मीहरुलाई सुरक्षा र प्रोत्साहनको साटो अराजक र आक्रमणमा उत्रिनेहरुमाथि निष्पक्ष छानबिन गरी तत्काल कानूनी कारबाही गर्न र विरामीहरूलाई आवश्यक उपचार प्रवन्ध मिलाउन माग गर्दै समाजको ध्यानाकर्षण भएको जनाएका छन् ।
बिहिवार भेरी अस्पतालमा दाङका कोरोना संक्रमितको उपचारकै क्रममा मृत्यु भए पछि मृतकका आफन्तिहरुले अस्पताल तोडफोड सहित स्वास्थ्यकर्मीमाथी कुटपिट गरेका थिए । सोही कुटपिटको बिरोधमा शुक्रबार स्वास्थ्यकर्मीहरुले आन्दोलन गर्दै सुरक्षाको माग गरेका थिए ।
भेरी अस्पतालको घाटनालाई सर्बत्र आलोचना भए पछि बाँके प्रहरीले आक्रमणकारी ३ जनालाई ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ ।











