एनआरएनए जापानको क्षेत्रीय कमिटी तोचिगी केनको सचिवमा बर्दियाका उत्तम खनाल निर्वाचित

नेपालगन्ज : बाँके बर्दिया मैत्री समाज जापानका सचिव समेत रहेका बर्दियाका उत्तम खनाल गैर आवासीय नेपाली संघ जापानको क्षेत्रीय कमिटी (Tochigi,Prefecture) तोचिगी केनको सचिवमा निर्वाचित भएका छन् ।

शनिबार जापानमा भएको गैर आवासीय नेपाली संघ जापानको क्षेत्रीय कमिटी (Tochigi,Prefecture) तोचिगी केनको चुनावमा खनाल सचिव पदमा निर्वाचित भएका हुन् ।

बारबर्दिया नगरपालिका वडा -९ का खनाल बिगत ५ बर्ष देखि रोजगारीको सिलसिलामा जापान बस्दै आएका छन् ।

बाँके बर्दिया मैत्री समाज जापानको सचिव समेत रहेका खनाल निर्वाचित हुनु बाके बर्दिया मैत्री समाजकै लागि गर्वको बिषय रहेको नागरिक समाज संगको कुराकानीमा समाजका संरक्षक सुशील मल्लले बताए ।

प्रतिक्रिया