नेपालगन्ज, १५ जेष्ठ – कुर्मी (वर्मा) सहयोगी हात, बाँके नेपालगन्जले कोभिड १९ को महामारी, बिषम परिस्थितमा मास्क, सेनीटाइजरको प्रयोग गरी र सामाजिक दूरी कायम गरेर जेष्ठ १५ गते शनिवार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ स्थित रहेको फत्तेवाल आँखा अस्पताल नेपालगन्जको प्राङ्गणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३ जना महिला र पुरुष गरी ४५ जनाले रक्तदान गरेको छन् ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर तथा रक्तदान कार्यक्रमका प्रमुख अतिथि डा. धवल शमशेर राणा, र कुर्मी (वर्मा) सहयोगी हात, बाँकेका संयोजक डा. कौशलकुमार वर्माले रक्तदान संकलन गर्ने पाकेट प्राविधिकलाई हस्तान्तरण गरी कार्यक्रमको विधिवत रुपमा रक्तदान कार्यक्रमको उद्घाटन गर्नुभएको भएको थियो ।

रक्तदान कार्यक्रमका संयोजक बिराट बिक्रम वर्माका अनुसार रक्तदान गर्नेहरुमा जानकी गाउँपालिका वार्ड नं.–५ का वडाध्यक्ष रमेशकुमार वर्मा, असलम अली राई, सिद्धार्थ भारती (अजय), दिलिप वर्मा, रवि वर्मा, हस्तबहादुर सुनार, बीरेन्द्र वर्मा, बिमलकुमार वर्मा, निरजकुमार कुर्मी, रोशी श्रेष्ठ, धमेन्द्रकुमार वर्मा, विजयकुमार वर्मा, गोबिन्द राँढ, राजितराम अहिर, रंजिता धिताल, भूपेन्द्र ओली, सुरेन्द्र साहू, सुनिल वर्मा, दिपक वर्मा, राधेश्याम वर्मा, आसीमकुमार कुर्मी, अजय वर्मा, बसन्तकुमार कुर्मी, दिनेश वर्मा, सञ्जय वर्मा, सुनिल कुर्मी, लक्षमणप्रसाद चमार, रामबाबु बैश्य, शिवम् गुप्ता, कुलेराज वर्मा, दिपकराम वर्मा, पवन जायसवाल, अकलेश वर्मा, सालिकराम कुर्मी, रामरुप वर्मा, राजिव वर्मा, कैलाशचन्द गुप्ता, राजकुमार वर्मा, कमल पौडेल, दिपेन्द्र राँढ, मनमोहन वर्मा, रबिन्द्र वर्मा, कान्ती चौधरी(वर्मा), राबिन्द्रकुमार वर्मा लगायत ४५ जनाले रक्तदान गर्नु भएको छ ।

उक्त रक्तदान कार्यक्रममा रक्तदाताहरुलाई कुर्मी (वर्मा) सहयोगी हात, बाँके नेपालगन्जले व्यवस्था गरेको सामाग्री प्रमुख अतिथि डा. राणा, कुर्मी (वर्मा) सहयोगी हात, बाँकेका संयोजक डा. वर्मा, रक्तदान कार्यक्रमका संयोजक वर्मा लगायतले सो सामाग्री अतिथि र रक्तदाताहरुलाई सम्मानमा गम्छा, प्रमाण–पत्र, चश्मा रक्तदाताहरुलाई वितरण गर्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित क्षेत्रीय रक्त संचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोमप्रकाश सापकोटा, सुनिल पुलामी थापामगर, गुन्जा कनौजिया, प्रहलाद विश्वकर्मा, लगायतले प्राविधिकमा सहयोग गर्नु भएको थियो ।

सो रक्तदान कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ नं.वार्डका वडाध्यक्ष समीरप्रताप सिंह, वार्ड नंं–४ का वडाध्यक्ष सफीक बेहना, समाजसेवी केशवराम वर्मा, दानवीर तथा समाजसेवी माधवराम वर्मा, बिशाल बिक्रम वर्मा, शिक्षक विनोद वर्मा, राईजिङ्ग आईडलका अध्यक्ष आशिष वर्मा, राजन वर्मा लगायतको उपस्थित रहेको थियो । यसरी विभिन्न किसिमका कार्यहरु पनि गर्दै आई रहेको छ ।











