नेपालमा साइबर अपराधका धेरै घटनाहरु मजाककै कारण भएका छन्

प्रत्यक दिन ३० हजार भाइरस बन्दै


साइबर अपराध , साइबर क्राइम , cyber crime in nepal , cyber crime rate in nepal,

नेपालगन्ज – नेपालमा साइबर अपराधका धेरै घटनाहरु मजाककै कारण भएको के ७ कम्प्युटर राष्ट्रिय सेक्युरिटी डिष्ट्रिब्युटरका सञ्चालक प्रविन कुन्डलियाले बताएका छन् ।

कम्युटर एशोसियसन नेपाल बाँके शाखाको आयोजना तथा के ७ सेक्युरिटी राष्ट्रिय डिष्ट्रिब्युटरको सहयोगमा नेपालगन्जमा साइवर डाटा सम्वन्धी सुरक्षा वर्कसप सेमिनारमा प्रशिक्षक कुन्डलियाले सो कुरा बताएका हुन् ।

नेपालमा हालको साइबर अपराधका घटनाहरु मजाककै कारण भएका छन् । त्यसैकारण साइबर अपराधमा डर समेत देखाउनुपर्ने र त्यसपछि अधिकाशं साइबर सम्बन्धि अपराधमा कमि आउने प्रशिक्षक कुन्डलियाले बताउनुभयो ।

वर्कसपमा प्रशिक्षक तथा के ७ कम्प्युटर राष्ट्रिय सेक्युरिटी डिष्ट्रिब्युटरका सञ्चालक प्रविन कुन्डलियाले आजको दिनमा प्रत्येक दिन ३० हजार भन्दा बढी भाइरसहरु उत्पादन भइरहेको समेत बताएका छन् ।

यी भाइरसहरु मेसिनका माध्यम द्वारा बन्दै छन् । पहिले पहिले एक महिनामा एक चोटि अपडेट गर्नुपर्ने डिभाइस हरु अब भने हरेक दिन आफ्नो डिभाइसलाई अपडेट गर्नुपर्ने भएको समेत बताएका छन् ।


कार्यक्रममा क्यानका निवर्तमान अध्यक्ष भोजराज तिमिल्सिना , क्यान केन्द्रीय सदस्य सञ्जय थापा, क्यान बाँकेका पदाधिकारीहरु लगायत सेमिनारमा बाँके जिल्लामा रहेका पालिकाका आइटी सम्बन्धी काम गर्ने प्रतिनिधि तथा कर्मचारीहरु, जिल्ला प्रहरी कार्यालय, विभिन्न कलेजहरुबाट शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया