टुर डे ठाकुरद्वारा २०२० (फोटो कथा)

नेपालगन्ज :

टुर डे ठाकुरद्वारा २०२० (फोटो कथा)

नेपालगन्ज साइक्लिङ क्लबको आयोजना “टुर डे ठाकुरद्वारा”को दोस्रो संस्करणको आजबाट सुरुभएको छ ।

नेपालगन्जको प्रसिद्ध शक्ति पिठ बागेश्वरी मन्दिरबाट सुरु साइक्लिङ् यात्रा बर्दियाको ठाकुद्वार सम्म पुग्ने छ ।

शुक्रबार बिहान बागेश्वरी मन्दिर परिसरबाट शुरु गरि नगरपरिक्रमा सहित जानकी गाउँपालिका, खजुरा गाउँपालिका, बढ्यैयाताल गाउँपालिका, गुलरिया नगरपालिका , मधुबन नगरपालिका हुँदै ठाकुरद्वारा सम्मको यात्रा तय गर्ने इभेन्ट डाइरेक्टर सतिश निरौलाले बताएका छन् ।

यस वर्षको साइकल यात्रामा अष्ट्रेलियन नागरिक निल मे, भारत उत्तर प्रदेश बरेलिबाट रबिन्द्र सिँह ओबराय लगायतको सहभागी रहेको छ , शुकवार बिहान यात्रा शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि कृष्णा केसि ‘नमुना’ रहेको कार्यक्रममा यात्रामा सरिक हुने नेपालगन्ज मेडिकल कलेजका निर्देशक समेत रहेका डा. सुरेश कुमार कनोडिया र विश्व साइकल यात्री पुष्कर शाहलाई सम्मान समेत गरिएको थियो भने कार्यक्रमको सभापतित्व साइक्लिङ् क्लबका अध्यक्ष गगन थापाले गरेका थिए ।

यसवर्षको टुर डे ठाकुरद्वार २०२० मा एक सय २५ साकिल यात्री को सहभागीता रहेको छ । जसमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवल शमशेर राणा , नेकपाका नेता रत्न खत्री , समाजसेवी तथा जनप्रतिनिधिहरु समेतले सहभागी जनाएका छन् ।

टुर डे ठाकुरद्वारा २०२० (फोटो कथा)
टुर डे ठाकुरद्वारा २०२० (फोटो कथा)

प्रतिक्रिया