खजुरा वडा नम्बर चारको विकास, सडक, पुल देखि खेलकुदसम्म

खजुरा : स्थानिय तहहरुलाई विकास निर्माणको काम गर्न भ्याई नभ्याई छ । कोरोना छ भनेर त्यसै घरमा बस्दा हुने कामहरु पनि सम्पन्न नहुने अवस्थामा छन ।

बाँकेका अधिकाश स्थानिय तहमा यस किसिमको समस्या उत्पन्न भएको अवस्थामा खजुरा गाउँपालिकाको वडा नम्बर चारले आफ्ना योजनाहरु सक्ने तयारिमा लागेको छ । वडाले गाउँपालिका मार्फत पाएको ६५ लाख बजेट मध्यको ५ लाख कृषि शाखाले संचालन गर्ने गरि दिएपछि ६० लाख बराबरको पालिकाको बजेटबाट अन्य योजना बनाएर काम गरिरहेको छ ।

वडाले लकडाउन सुरु हुनुभन्दा अधि नै अधिकाश योजनालाई अन्तिम रुप दिइसकेकोले सम्पन्न गर्न कठिनाई नभएको वडा सचिव सुरेश खड्काले जानकारी दिनुभयो । वडाले सम पुरक कोष र गाउँपालिकाको सयुक्त बजेटमा सन्चालन हुने विकास निर्माणका कामहरुलाई पनि उच्च प्राथमिकता दिएर अनुगमन गर्ने, काम कस्तो भएको छ हेरेर सुझाव दिने निर्माण कम्पनिलाई घचघचाउने समेत गर्दै आएको छ ।

समपुरक बजेट अन्तर्गत १ करोड ७५ लाख चार वटा ठेक्का मार्फत इगाउँ मनकामना आधारभुत विद्यालय देखी पुर्व एफ गाउँ हवलदारपुर जोडने बाटो पिच निर्माणको काम भइरहेको छ । २२ सय मिटर लामो पिचको काम वडा नम्बर चारमा समपुरक कोषबाट भैरहेको इन्जिनियर सोनु शाहले जानकारी दिनुभयो ।

वडाले पाएको वजेटले २२ सय मिटरको बाटो स्तर उन्नतिको काम गरेको छ जसमा ३० लाख बजेट खर्च भएको वडाध्यक्ष तिलकविर सुनारले जानकारी दिनुभयो । वडाले १० लाख रुपैया इ गाउँ पश्चिम समसान घाट जोडने बाटोमा माटो पटान गरि ग्राबिलमा खर्च गरेको वडाध्यक्ष सुनारले जानकारी दिनुभयो ।

समुहगाउँमा माटो पटान र ग्राबिलको कामका लागी पनि १० लाख बजेट वडाले खर्चिएको जनाएको छ । खजुरामै बढि खेलकुदका गतिविधि हुने स्थान वडा नम्बर चार भएकाले खेलकुदका लागी वडाले ५ लाख बजेट विनियोजन गरि खर्च गरिरहेको जनाएको छ । त्यस्तै वडाले ३ लाख मर्मत सम्हारको लागी बजेट छुटाएर बिग्रेको भत्केको बाटोहरु त्यहि बजेटबाट बनाइरहेको वडा सचिव खड्काले जानकारी दिनुभयो ।

वडाध्यक्ष सुनारले विपत व्यवस्थापनका लागी १ लाख, डिप बोरिङ्ग सिचाईका लागी १ लाख र १ लाख विपन्न असाहयका लागी सहयोग भनेर छुट्टाइएको बजेट अनुसार खर्च गरिएको बताउनुभयो । वर्षायाममा जनतालाई सास्ती भोग्न नपरोस भनेर कमजोर बाटोहरुलाई सुधार गर्न विहान देखि साझै सम्म निर्माण स्थलमा भेटिने वडाध्यक्ष सुनारले जनताले अपेक्षा गरे बमोजिम विकास निर्माणका कामहरु गरिरहेको बताउनुभयो । वडाध्यक्ष सुनारले कमिकमजोरीलाई रचनात्मक सुझावको आशा गर्दै सुधार्दै अघि बढ्ने बताउनुभयो ।

डिगाँउमा रहेको मिनि रंगशालाको प्याराफिट निर्माणको लागी यो बर्ष ४० लाख पालिकाको बजेटमा निर्माण कार्य भै सकेको वडाध्यक्ष सुनारले उल्लेख गर्नुभयो । आगामी आर्थिक वर्षमा मिनि रंगशालाको प्याराफिट सम्पन्न हुने उहाँले बताउनुभयो ।

वर्षिमटोल जाने बाटो पेडारी नालामा १६ लाखको ट्रस पुल निर्माण कार्य अन्तिम भै सकेको र आगामी बर्ष प्रदेश सरकार सदस्य बाबु राम गौतमको पहलमा प्रदेश सरकारको बजेटमा पुर्वाधार बिकास कार्यालय बाँकेद्धारा भित्र दुई वटा ठुला पुलहरु सम्पन्न हुने कुरा पनि वडाध्यक्ष सुनारले जानकारी गराउनुभयो ।

वडा नम्बर चारको चल्तोवा देखी जानकी गाउँपालिका चार जोडने किरण खोला र खजुरा गाउँपालिका चार सृजनाटोल र जानकिको चार जोडने किरण खोलामा झन्डै ७ करोड बराबरको बजेटमा निर्माण कार्यको लागि ठेक्का टेन्डर भै यसै बर्ष देखि निर्माण कार्य सुरु हुने वडाध्यक्ष सुनारले बताउनुभयो ।

प्रतिक्रिया