मेडिकल कलेज कोहलपुरले आइतबारदेखि अन्य बिरामीहरुलाई पनि सेवा दिने

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरलाई कोरोना डेडिकेटेड हस्पिटल बनाएर सञ्चालन गर्दै आइरहेकोमा आउदो जेष्ठ २३ गते आइतबारदेखि नन कोभिड बिरामीहरुलाई पनि सेवा दिने भएको छ ।

कोरोना संक्रमितका बिरामीको चाप घट्दै गइरहेको हुदा बिरामीहरुको समस्यालाई मध्यनजर गर्दै अन्य सेवा पनि दिन लागेको अस्पतालले जनाएको छ ।

आज एक विज्ञप्ति निकाली कोभिड नन कोभिड दुवै खालका बिरामीहरुलाई सेवा दिइने बताइएको छ ।

ओ -पि-डी- सेवा बन्द गरेकाले धेरै बिरामीले सेवा पाउन नसकेको गुनासो आएपछि दुवै थरि बिरामीलाई सेवा दिन लागेको अस्पतालका निर्देशक डा- भोजराज जोशीले बताउनुभयो ।

प्रतिक्रिया