नेपालगन्जमा २६ गते भेरोसेल खोप लगाइने

बाँकेको नेपालगन्जमा चीनबाट आएको भेरोसेल खोप जेठ २६ गते लगाइने भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले खोप ६२ देखी ६४ बर्ष उमेर समुहका नागरिकलाई मात्र लगाउने गरी सोमबार तालिका सार्बजनिक गरेको छ ।

नेपालगन्ज उप–महानगरपालिमा जेठ २६ गते जेष्ठ नागरिकका लागि कोभिड विरुद्धको भेरोसेल खोप लगाइने भन्दै उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा विहान १० बजेदेखि ४ बजेसम्मको तालिका सार्वजनिक गरेको छ ।

स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले ६२ देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई खोप लगाउन लागिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया