नेपालगन्ज :

कोरोना भाईरसबाट संक्रमित व्यक्तिको लागि नेपालगञ्जमा सार्वजानिक भजन कार्यक्रम गरी स्वास्थ्यको कामना गरिएको छ ।
श्री सत्य साई सेवा संगठन नेपाल र श्री सत्य साई प्रदेश समिति ५को संयोजनमा श्री सत्य साई केन्द्र नेपालगंज र श्री सत्य साई भजन समूह आदर्शनगर नेपालगञ्जको आयोजनामा कोरोना भाईरसबाट ग्रसित व्यक्तिहरुको स्वास्थ्यको कामना गरिएको हो ।
विश्वव्यापिरुपमा फैलिएको कोरोना भाईरस निर्मूलको लागि तथा त्यसबाट पिडित सम्पूर्ण मानिसहरुको सुस्वास्थ्यको कामना गर्दै वेद, पाठ सहित विश्व शान्तिका लागि भगवान श्री सत्य साई बाबासंग प्रार्थना गरिएको श्री सत्य साई सेवा संगठन नेपाल काठ्मान्डौका आकष्मीक सेवा उपसंयोजक तथा श्री सत्य साई प्रदेश समिति ५ का उपाध्यक्ष अरुण सिंह ठकुरीले जानकारी दिनुभयो ।
शुक्रबार नेपालगञ्जको त्रिभुवनचोक पूर्वलाईनमा दिउसो २ बजे शुरु गरिएको थियो । श्री सत्य साई अन्तर्राष्ट्रिय सेवा संगठनले आगामी नोभेम्वर २०२०मा भारतमा अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको संगठन नेपाल काठ्मान्डांैका आकस्मिक सेवा उपसंयोजक तथा श्री सत्य साई प्रदेश समिति ५ का उपाध्यक्ष अरुण सिंह ठकुरीले बताउनुभयो ।
संगठनका पोखरा र काठ्मान्डौंमा गरी २ वटा श्री सत्य साई स्कूल सञ्चालन रहेका छन् ।
त्यस्तै संगठनले नेपालमा खानेपानीको योजना समेत सञ्चालन गरेको छ । सुर्खेतको राताचौर, ईरौटार झापा, स्याङवे धादिङमा खानेपानीको परियोजना समेत सञ्चालन गरेको हो ।
भक्तजनहरुको सहयोगमा संगठन नेपालले एलोपेथिक डाईग्लोष्टिक सेन्टर ३ वटा, आयोर्वेद डाईग्लोष्टिक सेन्टर २ वटा सेन्टर सञ्चालन गरी सेवा दिएरहेको छ । त्यस्तै विराटनगरका बाढी पिडितहरुको लागि १२ वटा आवास घर निर्माण गरी हस्तान्तरण गरिएको छ ।
त्यस्तै जनावर सेवा आश्रम ईनरुवामा र विरामी कुरुवा घर काठ्मान्डा, नारायणघाट र विराटनगर निर्माण गरिएको छ । नेपालगञ्जमा पनि विरामी कुरुवा घर निर्माण गर्ने प्रक्रियामा रहेको सेवा संगठन नेपाल काठ्मान्डांैका आकस्मिक सेवा उपसंयोजक तथा श्री सत्य साई प्रदेश समिति ५ का उपाध्यक्ष ठकुरीले जानकारी दिनुभयो ।
१ सय २३ वटा अन्तर्राष्ट्रिय सेन्टरहरु रहेको श्री सत्य साई सेवा संगठन नेपालमा २ सय २२ वटा सेवा सेन्टरहरु रहेका छन् ।











