लकडाउन थपिदै गर्दा नेपालगन्ज बजार खुल्लै, ३१ पछि लकडाउन स्विकार्य नहुने भन्दै बिरोध

नेपालगन्ज : जनता समाजवादी पार्टी जसपाले बाँकेमा जारी निषेधाज्ञाको विरोध गरेको छ ।

जसपाका नगर उपाध्यक्ष रशिद अहमद कुरैसीले जिल्ला प्रशासन कार्यालयले कोरोनाको जोखिम भन्दै थप गर्दै गएको निषेधाज्ञाको घोर निन्दा गर्नुभएको छ।

आफ्नो सामाजिक संजाल फेसबुकमा उहाँले जेठ ३१ पछि निषेधाज्ञा तोड्ने चेतावनी समेत दिनुभएको छ ।

स्थानीय प्रशासनले पछिल्लो पटक जेठ ३१ गतेसम्म निषेधाज्ञा थपेको छ । निषेधाज्ञा थप्दै जाने तर त्यसको कार्यान्वयन नहुने गरेका कारण निषेधाज्ञाको आलोचन भइरहेको छ । बाँके जिल्लामा प्रत्येक सातसात दिन गरेर लकडाउन समयअवधि लम्बाइएको छ ।

चारैतिर सबै खुल्ला छन् किराना पसल, तरकारी पसल, कपडा पसल, सपिङ्ग मल पनि खुल्ला छन् प्रहरी आएको देखेपछि सटर लगाउने र प्रहरी गएपछि खोल्ने गरेको देखिन्छ ।

नयाँनयाँ घरहरु निर्माणका काम चलिरहेकै छ, बाटो निर्माणका काम भइनै रहेको छ, भाटभटेनी सुपर मार्केट खुलेको छ, सानातिना किराना पसल, गल्ली गल्लीमा होटलहरु, तरकारी पसलमा भिड लागेकै हुन्छ यसले के बुझिन्छ भने यो लकडाउन गर्नुको कुनै अर्थ देखिदैन ।

अस्पतालमा बिरामी भर्ना छन् भनेर ढाटेर मोटरसाइकल, रिक्सामा मान्छेहरु हिडेका छन् , खाद्यान्न किन्न भनेर हिडेका छन् , भारतबाट आवतजावतमा कुनै रोकतोक छैन अनि किन लकडाउन गरेको बुझ्न सकिएको छैन ।

विहान ७ देखि १२ बजेसम्म पसल खोल्ने भनिएको छ । त्यसपछि प्रशासनको आदेश पालना गर्ने हो भने सबै बन्द हुनु पर्ने हो ।

तर बाँकेमा त्यसो हुन सकेको छैन्। मनपरी छ । पसल खोल्नेले खोलेकै छन् बन्द हुने बन्दै छन् । खाद्यान्न देखि तरकारी सबैको भाउ बन्दको बहानामा महंगोमा बिक्रीवितरण गरेको पाइन्छ, वाणिज्य लगायतको टीमले एकदुई पसलेलाई जरिवाना तिराएर बहादुरी गरेको प्रचारबाजी गरेको पाइन्छ ।

खाना खाने तेलमा उल्लेख्य मुल्य बढाएका छन्, खाद्यान्न त्यस्तै, तरकारीको मुल्य पनि बढेको छ किन बढाएको भन्दा उहीबाट बढेर आएको भन्छन् जसका पसलमा पुराना सामानहरु प्रशस्त रहेको थियोे उनीहरुलाई अहिले मालामाल भएको छ यसका लागि को बोल्ने अत्तोपत्तो छैन । आम नागरिकहरुले भन्न् थालिसकेका छन् अव निषेधाज्ञाको अर्थ छैन् । मंगलबार नेपालगन्जको दृश्य ।

प्रतिक्रिया