
काठमाडौ – मृगौला पीडित खजुरा गाउँपालिका स्थित अमित दर्जीलाई सहयोग जुटाउन बाँकेका पत्रकार खगेन्द्र दाहाल काठमाडौमा आउनु भएको छ ।
पिडित अमित दर्जिको थप उपचारको लागी काठमाडौको नेशनल किडनि सेन्टरमा उपचार भैरहेको छ ।
यस अघि नै भेरी अस्पताल नेपालगन्जमा हप्ताको दुई पटक डाइलोसिस भैइसकेको छ ।

भेरी अस्पतालमा कार्यरत मृगौला रोग विशेषज्ञ डाक्टर पारस श्रेष्ठले अमित दर्जिलाई काठमाडौ थप उपचारको लागी जान सल्लाह दिएका थिए ।
डाक्टर पारसले जति सस्दो छिटो मृर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका थिए ।
डाक्टरको सल्लाह अनुसार काठमाडौको नेशनल किडनि सेन्टरमा डाइलोसिस भैरहेको थियो ।
डाइलोसिसले मात्रै नहुने भए पछि अब छिट्ट्नै मृर्गौला प्रत्यारोपण गर्नु पर्ने अस्पतालले जानकारी दिएको छ ।
भक्तपुरको मृर्गौला प्रत्यारोपण केन्द्रमा उपचारको लागि रकमको अभाब भएको हुदा पत्रकार खगेन्द्र दाहालले सबै जनालाई आर्थिक सहयोगको लागि हार्दिक अनुरोध गरेका छन ।
थप जानकारीको लागि पत्रकार खगेन्द्र दाहाल ९८५८०३२१८२ र अमित दर्जिका श्रीमति माया दर्जि ९८०४५४९११६ नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।









