तालिम लिएका किसानले के गर्दै छन ?

नेपालगन्ज : पशु सेवा तालिम केन्द्र नेपालगन्जमा तालिम लिएका किसानहरुले तालिमको सदुपयोग कत्तिको गरेका छन भनेर अनुगमन थालिएको छ ।

पशु सेवा तालिम केन्द्रले आइतबार बर्दियाका किसानहरुसगं भेटघाट गरेको हो । बर्दियाका किसानहरुलाई भेटघाट गर्दै किसानहरुको गुनासो सुन्ने र आगामि कार्ययोजनामा आवश्यक माग पुरा गर्न किसानहरुलाई विस्वस्त तुल्याउदै पशुसेवा तालिम केन्द्रका प्रमुख डा. टेकनाथ आचार्यले किसानले चाहेको तालिम प्रदान गरिने प्रतिबद्धता जनाउनु भयो ।

तालिम केन्द्रले किसानहरुलाई दिएको तालिमको प्रभाबकारिताका बारेमा किसानको मै पुगेर अवलोकन गरिन थालिएको प्रमुख डा. आचार्यले बताउनुभयो । बर्दियाको हातेमालो महिला कृषक सहकारीद्धारा संचालित बाख्रा पालन, गुलरिया बर्दियाका राजेन्द्र ज्ञवालीले संचालन गरेको गाई फार्म, गुलरियाकै रावत कृषि तथा पशुन्छि फार्म, बढैयाताल गाउँपालिका ५ जगतपुरमा रहेको चन्द्र प्रसाद लम्सालले माछा पालन गरेको स्थान लगाएतमा अवलोकन गरिएको पशु सेवा तालिम केन्द्र नेपालगन्जका मत्स्य विकास अधिकृत राम केश यादवले जानकारी दिनुभयो ।

तालिम लिइसकेपछि किसानहरुले आफ्नो व्यवसाय बढाउन सकेको खण्डमा तालिम दिएको पनि सार हुने यादवले बताउनुभयो ।

तालिम लिएका किसानहरु मध्य ८० प्रतिशत बढिले व्यवसायमा लागेको पाइएको मत्स्य विकास अधिकृत यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया