नेपालगन्ज :

हात्तिपाइले रोग बिरुद्धको औषधि खुवाउने राष्ट्रिय अभियानको पहिलो दिन आज शनिबार जानकी गाउँपालिकाले वडा नम्बर एक साइगाउँबाट हात्तिपाइले औषधि खुवाएर अभियानको सुरुवात गरेको छ ।
जानकी गाउँपालिका अध्यक्ष रामनिवास यादवले वडा नम्बर एक साइ गाउँमा पहिलो औषधि खाएर हात्तिपाइले बिरुद्धको राष्ट्रिय अभियानको गाउँपालिकामा सुरुवात गरेका छन् ।
जानकी गाउँपालिका वडा नम्बर एकमा अध्यक्ष यादव संगै वडा अध्यक्ष मोहमद रजा राइ लगायतले औषधि खाएर राष्ट्रिय अभियानको जानकी गाउँपालिकामा सुरुवात गरेका छन् ।
अध्यक्ष यादवले माघ २५ देखि २८ गते सम्म जानकी गाउँपालिका अन्तरगतका ६ वटै वडामा स्वास्थ्यकर्मीहरु घरदैलोमा आउने भएको र औषधि खान र खुवाउन सबैलाई आग्रह समेत गर्नुभएको छ ।
हात्तिपाइले राष्ट्रिय अभियानको सुरुवात गर्दै अध्यक्ष यादवले हात्तिपाइले बिरुद्धको औषधि नखाने पालिकाबासिको रेकर्ड राखिने र उनिहरुलाई गाउँपालिकाले प्रदान गर्ने सेवासुबिधा बाट बन्चित गर्ने जिकिर समेत गरेका छन् ।
सरकारले आफ्नो जनतालाई रोग बाट बचाउनको लागी यो अभियान संचालन गरेको छ त्यसैले यो अभियानलाई सफल बनाउन गाउँपालिका कडा रुपमा प्रस्तुत अध्यक्ष हुनेयादवले बताएका छन् । साथै यादवले औषधि खादा कुनै समस्या उत्पन्न भए गाउँपालिका जिम्मेवार रहने समेत जिकिर गर्नुभएको छ ।
त्यस्तै जानकी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख दल बहादुर रानाले हात्तिपाइले रोग बिरुद्धको औषधि खुवाउने कार्यक्रममा सबै गाउँपालिकाबासीले सहयोग गर्न समेत आव्हान गर्नुभएको थियो ।
प्रमुख रानाका अनुसार प्रत्यक वडाको घरदैलोमा औषधि खुवाउन स्वास्थ्यकर्मी पुग्ने बताउनुभएको छ ।









