विनोद चन्द, मधुवन वर्दिया :

वर्दियाको मधुवन नगरपालिका — ६ सानोश्रीमा जारी अन्तर विद्यालय स्तरिय तेस्रोे मेयरकप रनिङ शिल्ड प्रतियोगीता तथा १२ औ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगीता वुधवार सकिएको छ ।
स्वास्थका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुलनाराका साथ संन्चालन भएको प्रतियोगीतामा १८ स्वर्ण ५ रजत र २ कास्य पदक जित्दै नेपाल राष्ट्रिय नमुना माध्यामिक विद्यालय ढोढरी प्रथम, गुराँस माध्यामिक विद्यालय सानोश्री ६ स्वर्ण, ४ रजत र २ कास्य पदक जित्दै द्धित्तिय र श्री शुक्र माद्यामिक विद्यालय ३ स्वर्ण ५ रजत र ५ कास्य पदक सहित तृत्तीय भएको छ ।
त्यस्तै फुटवल तर्फ नेपाल राष्ट्रिय नमुना मा.वि ढोढरी प्रथम ,श्री शुक्र माद्यामिक विद्याल ताराताल द्धितीय, नेपाल राष्ट्रीय मा.वि मधुवन ९ पूर्णपुर तृतिय भएको छ ।
त्यस्तै छात्र भलिवल तर्फ गुराँस मा.वि प्रथम, ने.रा मा.वि पूर्णपुर द्धितीय, श्री ने.रा नमुना मा.वि ढोढरी तृत्तीय भएका थिए भने छात्रा भलिवल तर्फ श्री ने.रा नमुना मा.वि ढोढरी प्रथम, श्री गुराँस मा.वि सानोश्री द्धितीय, र अरनिको इ.मि.सेकेन्डरी स्कुल सानोश्री तृतीय भएका छन् ।

प्रतियोगीतामा आधारभूत तह र माद्यामिक तह गरी मार्चपासको मुल्याङ्क गरिएको थियो जसमा आधारभूत तर्फ नेरा आ.वि दसरथवस्ती प्रथम, न्यू ल्याण्ड एकेडेमी मधुवन ८ सानोश्री द्धितीय , श्री आनन्द आधारभूत विद्यालय रातामाटे तृतीय भएका छन् । त्यस्तै माद्यामिक तर्फ श्री शुक्र मा.वि ताराताल प्रथम, अरनिको इ. मि. सेकेन्डरी स्कुल द्धितीय, जि. जि.एन सेकेन्डरी वोडिङ् स्कुल सानोश्री तृतीय भएका छन् ।
प्रतियोगीतामा उत्कृष्ट खेलाडीलाइ नगत पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । छात्र भलिवल तर्फ श्री गुराँस मा.वि सानोश्रीका सरजन खड्का , छात्रा भलिवल तर्फ ने.रा नमुना मा.वि ढोढरीकी चित्रकला थारु सर्वोउत्कृष्ट खेलाडी घोषित भएका छन् ।

त्यस्तै एथलेटिक्स तर्फ छात्र छात्रा दुवै ने.रा. नमुना माविका क्रमश शिव कुमार चौधरी र भविसरा ढकाल उत्कृष्ट खेलाडी घोषित भए ।
फुटवल तर्फ उत्कृष्ट खेलाडी अन्जान चौधरी घोषित भए । छात्र एथलेटिक्स तर्फ श्री ने.रा नमुना मा.वि ढोढरी प्रथम, द्धितिय श्री गुराँस मा.वि सानोश्री र तृतीय श्री त्रिभुवन मा.वि सुर्यपटुवा भएका छन भने छात्रा तर्फ श्री ने.रा नमुना मा.वि ढोढरी प्रथम, द्धितिय श्री शुक्र मा.वि ताराताल र तृतीय श्री अरनिको इ.मि. सेकेन्डरी स्कुल सानोश्री भएका छन् ।
मंसिर २६ गते वाट संन्चालन भएको प्रतियोगिता पौष २ गते वुधवार समापन भएको हो ।प्रतियोगितामा प्रथम, द्धितीय तृतीय हुने टिमलाई नगत सहित प्रमाणपत्र, मेडल र शिल्ड प्रदान गरिएको छ ।
मधुवन नगरपालिकाको आयोजना तथा श्री गुराँस माद्यायामिक विद्यालय सानोश्रीको सहआयोजनामा सन्चालित प्रतियोगीतामा सामुदायिक र संस्थागतका आधारभूत र माद्यायामिक गरी १९ वटा र प्रावि ६ वटा गरी जम्मा २५ वटा विद्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगीतामा साना वालवालिकाको प्रतिभा पहिचान गर्ने र खेल पनि सिकाई हो भन्ने उद्धेश्यले यस वर्ष प्रावि तह (१—५)का वालवालिकालाई १०० मिटर र २०० मिटर दौडमा समेत समावेश गरिएको शिक्षा, युवा , खेलकुद शाखा प्रमुख नारायण प्रसाद खनाले वताए ।
मधुवन नगरप्रमुख गणेश वहादुर क्षेत्रीको अध्यक्षता र प्रतिनिधि सभा सस्दय विमला वि.कको प्रमुख आतित्थ्यतामासो कार्यक्रम सम्पन्न भएको हो ।
समापन कार्यक्रलाई सम्वोधन गर्दै नगरप्रमुख क्षेत्रीले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने संस्थागत, सामुदायिक विद्याल, स्वयसेवक, शिक्षक, राष्ट्रसेवक कर्मचारी सवैलाई धन्यवाद दिदै शिक्षा, स्वास्थ्य, र रोजगारी तथा उत्पादनमूलक क्षेत्रलाई आफूले पहिलो प्राथामिकतामा राखेर काम गरिरहेको वताए ।
संघिय सांसद विमला वि.कले विजेता खेलाडीहरुलाई शुभकामना दिदै आफुले अध्यन गरेको विद्यालयमा प्रमुख अतिथि हुँदा आफूलाई भाग्यशाली ठानेको र मधुवन नगरको पहिचान र समवृद्धितर्फको माध्याम खेलकुद रहेको वताईन ।
बि.कले खेल क्षेत्रलाई राज्यले प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै अहिले स्थानीय तहदेखि केन्द्रसम्म खेल क्षेत्रको बिकासका लागि कार्यक्रमहरु भइरहेको बताइन्। बिगतका बर्षहरुमा शिक्षासंगै खेलकुदलाई पनि प्राथमिकतामा राखेर अगाडि बढेको मधुवन नगरपालिकाले खेलकुदका बिभिन्न गतिविधि पनि गर्दै आएको छ ।
समापन कार्यकममा प्रजिअ प्रेम लाल लामिछाने, प्रहरी उपरीक्षक राजेश नाथ बास्तोला, सशस्त्र प्रहरी उपरीक्षक यादव विश्वकर्मा, राष्ट्रिय अनुसन्धान उपनिर्देशक योगेन्द्र के सी लगायतको उपस्थिती थियो ।











